भारतको सेमिफाइनल यात्रा करिब समाप्त

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारत न्युजिल्याण्डसँग पराजित भएको छ ।

दुबईमा आइतबार भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो जित निकालेको हो ।

भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्याण्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

न्युजिल्याण्डको जितमा डार्य्ल मिचेलले ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाए ।

ओपनर मार्टिन गुप्टिल ३३ रनमा आउट भए । भारतका जस्प्रित बुम्राहले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

भारतका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका रविन्द्र जडेजाले सबिजित रहदै सर्वाधिक २६ रन बनाए ।

यस्तै, हार्दिक पाड्याले २३ रन बनाउँदा केएल राहुलले १८ रन तथा रोहित शर्माले १४ रनको योगदान गरे ।

ऋषव पन्तले १२ रन जोड्दा कप्तान विराट कोहली ९ रनमा आउट भए ।

भारतलाई सस्तैमा समेट्न ट्रेन्ट बोल्टले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चिए ।

यस्तै इस सोधीले २ तथा टिम साउथी र आदम मिल्नेले १र१ विकेट लिए ।

यस जितसँगै समूह २ को न्युजिल्याण्डले २ खेलमा २ अंक जोडेको छ ।

न्युजिल्याण्ड समूहको तेस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा न्युजिल्याण्ड पाकिस्तानसँग पराजित भएको थियो ।

भारतको यो लगातार दोस्रो हार हो । अंक विहीन रहदै भारत समूहको पाँचौं स्थानमा रहेको छ ।

पहिलो खेलमा भारत पनि पाकिस्तानसँग पराजित भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स