टी-२० विश्वकपः भारत र न्युजिल्याण्ड भिड्दै, आजको खेल हार्नेको विश्वकप यात्रा करिब समाप्त

एजेन्सी । टी-२० विश्वकप अन्तर्गत आज भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्धा हुने भएको छ । भारत र न्यूजिल्याण्डका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दवाव छ । भारत र न्यूजिल्याण्ड दुवै टीम आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएका थिए ।

समूह बीमा यी ३ टीमसहित नामेबिया, स्कटल्याण्ड र अफगानिस्तान छन् ।

पाकिस्तान आफूले खेलेको ३ खेलमा विजय हुँदै ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । अफगानिस्तान २ खेलमा एउटा जित र अर्को हार सहित २ अंक बटुलेर समूहको दोस्रो स्थानमा छ । नामेयिबाले एक खेलमा एक जित हासिल गरेको छ । स्कटल्याण्ड भने २ खेलमा पराजित भएको छ ।

पाकिस्तानले समूहको शक्तिशाली टीम भारत, न्यूजिल्याण्ड र अफगानिस्तानलाई पराजित गरिसकेकाले उसको सेमिफाइनल यात्रा लगभग पक्का भइसकेको छ । यस हिसाबले पनि भारत र न्यूजिल्याण्डबीच खेल महत्वपूर्ण छ ।

यो खेलमा विजय हासिल गर्ने टीमका लागि तुलनात्मक रुपमा सेमिफाइन यात्रा केही सहज हुनेछ । त्यसैले आजको खेल दुवै टिमलाई विश्वकप यात्रा जारी राख्न महत्वपूर्ण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स