३ खेलपछि बार्सिलोनाले अंक पायो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरी रोकिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोना डिपोर्टिभो अलाभेससँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ४९ औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५२ औं मिनेटमा लुइस रिओजाले गोल गर्दै अलाभेसलाई १-१ गोलको बराबरीमा फर्काएका थिए ।

यस अघिका अघिल्ला २ ला लिगाका खेलमा भने बार्सिलोना अंक विहिन भएको थियो । रियल म्याड्रिडसँग २-१ र रायो भल्कानोसँग १-० ले पराजित भएको थियो ।

डिपोर्टिभो अलाभेससँग बराबरी खेृल्न सफल भएसँग बार्सिलोना ३ खेलमा पहिलो अंक हासिल गर्न सफल भएको छ

यस बराबरीसँगै बार्सिलोनाले ११ खेलमा १६ अंक जोडेको छ ।

बार्सिलोना नवौं स्थानमा रहेको छ ।

अलाभेस १० अंक जोडेर १६ स्थानमा रहेको छ ।

अर्को खेलमा भ्यालेन्सियाले भिल्लारियललाई २-० गोलले पराजित गरेको छ ।

विश्वकै चर्चित लिग मध्येको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो ।

ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स