हसरंगाको ह्याट्रिकले रोक्न सकेन श्रीलंकाको हारलाई

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीका विजयी भएको छ । अफ्रीकाले सारजाहमा शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराएको हो ।

१ सय ४३ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो ।

दक्षिण अफ्रीकाको जितमा कप्तान टेम्बा बाभुमाले ४६ रन बनाए ।

यस्तै विजयी इनिङ्स खेलेका डेभिड मिलरले अविजित २३ रन बनाए । कागिसो राबडा १३ रनमा अविजित रहे ।

एडिन मार्क्रम १९, रस्सी भान डेर १६, क्विन्टन डी कक १२ रिजा हेन्ड्रीक्स ११ रनमा आउट भए ।

श्रीलंकाका वाविन्दु हसरंगाले ह्याट्रिक विकेट लिए । दुश्मन्था चामिराले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा १० विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

श्रीलंकाका पाथुम निशन्काले ७२ रनको अर्धशतकीय इनिङ्स खेले ।

चारिथ असन्काले २१ रन जोड्दा कप्तान डसुन शनकाले ११ रन बनाए ।

दक्षिण अफ्रीकाका ताब्रेज शाम्सी र ड्वाने प्रिटोरिओसले ३र३ विकेट लिए । एन्रिच नोर्कियाले २ विकेट लिए ।

जितसँगै दक्षिण अफ्रीकाले ३ खेलमा ४ अंक जोडेको छ ।

समूह १ को दक्षिण अफ्रीका तेस्रो स्थानमा रहेको छ ।

श्रीलंका ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स