रियल म्याड्रिड विजयी

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ ।

शनिबार भएको खेलमा रियलले १० खेलाडीमा सिमित इल्चेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा भिनिसियस जुनियरले २ गोल गरे भने इल्चेका पेरे मिल्लाले १ गोल गरे ।

खेलको २२ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

६४ औं मिनेटमा राउल गुटीले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटियो ।

खेलको ७३ औं मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा मिल्लाले एक गोल फर्काएपनि रियल २-१ ले विजयी भयो ।

जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

रियलले ११ खेलमा २४ अंक जोडेको छ ।

इल्चे १० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स