नेपालले आज आयोजक ताजिकिस्तानसँग भिड्दै

काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज आयोजक ताजिकिस्तानविरुद्ध भिड्ने भएको छ ।

यी दुवै टोलीबीचको खेल नेपाली समय अनुसार ७ः ४५ बजे सुरू हुनेछ । खेल रिपब्लिकन सेन्ट्रल स्टेडियममा सञ्चालन हुनेछ ।

पहिलो खेलमा इरानविरुद्ध ४-० ले पराजित भएको नेपाल आज घरेलु टिमविरुद्ध मैदान उत्रंदा पहिलो अंकको खोजीमा हुनेछ ।

त्यस्तै, समूह बी अन्तर्गत पहिलो खेलमा ताजाकिस्तानले लेबनानमाथि जित निकाल्न सफल भएको थियो । यस समूहमा तीन अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान तीन अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।

छनोटअन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्ने छ । ११ समूहका शीर्ष टोलीसहित उत्कृष्ट चार उपविजेता टोलीले एएफसी यु-२३ एसियन कप खेल्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स