इंग्ल्यान्डको दोस्रो जीत

काठमाडौं । इंग्ल्यान्डले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

बंगलादेशलाई इंग्ल्यान्डले बुधबार ८ विकेटले पराजित गरेको हो ।

जितसँगै इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेर समूह १ को शीर्ष स्थानमा रहेको छ ।

बंगलादेशको यो लगातार दोस्रो हार हो । अंक विहीन बंगलादेश पाँचौं स्थानमा रहेको छ ।

बंगलादेशले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १४ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जासन रोयले ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।

डाविड मालनले अविजित २८ रन जोड्दा जोस बट्लरले १८ रन बनाए ।

जोनी बेयर्सटो ८ रनमा अविजित रहे ।

बंगलादेशका शोरिफुल इस्लाम र नासुम अहमेदले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।

बंगलादेशका मुस्फिकर रहिमले २९ रन जोड्दा कप्तान महमुदउल्लाहले १९ रन बनाए ।

नासुम अहमेद १९ रनमा अविजित रहे । नुरुल हसनले १६ रन जोडे ।

इंग्ल्यान्डका ट्यामल मिल्सले ३ तथा मोइन अलि र लियाम लिभिङस्टोनले २र२ विकेट लिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स