नेपाली महिला फुटबलर दीपा र लक्ष्मीले प्राप्त गरे गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र

काठमाण्डौं । नेपाली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेका छन् ।

दीपा र लक्ष्मीले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै विश्व कीर्तिमान राख्न सफल भएका हुन् ।

उनीहरूले सन् २०१८ मा जोर्डनमा समुन्द्री सतहभन्दा ३२० मिटर तलको स्थानमा आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा खेल्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए ।

जहाँ नेपालसहित अफगानिस्तान, फ्रान्स, स्पेनलगायत २० राष्ट्रका महिला खेलाडीहरू सम्मिलित थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स