साविक विजेता वेस्ट इन्डिज लगातार दोस्रो खेलमा पराजित

एजेन्सी । आईसीसी टी-२० विश्वकप क्रिकेटमा साविक विजेता वेस्ट इन्डिज दोस्रो खेलमा पनि पराजित भएको छ ।
वेस्ट इन्जित दक्षिण अफ्रीकासँग ८ विकेटले पराजित भएको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रीकाको जितमा एडिन मार्क्रमले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

रस्सी भान डेर डुसेनले अविजित ४३ रन बनाए ।

च्बककष्भ खबल मभच म्गककभल बलम च्भभशब ज्भलमचष्अपक दचयगनजत गउ ब ाषतथ कतबलम, क्यगतज बचष्अब खक ध्भकत क्ष्लमष्भक, त्द्दण् ध्यचमि ऋगउ, न्चयगउ ज्ञ, म्गदबष्, इअतयदभच द्दट, द्दण्द्दज्ञ

रिजा हेन्ड्रिक्सले ३९ रन जोड्दा कप्तान टेम्बा बाभुमा २ रनमा आउट भए ।

वेस्ट इन्डिजकका अकिल होसेनले १ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

वेस्ट इन्डिजका इभिन लेविसले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

केइरन पोलार्डले २६ रन जोड्दा लेन्डल सिमोन्सले १६ रन जोडे ।

क्रिस गेल र निकोलस पुरनले १२र१२ रन बनाए ।

दक्षिण अफ्रीकाका ड्वाने प्रिटोरिउसले ३ विकेट लिए ।

केशव महाराजले २ विकेट लिए ।

जितसँगै दक्षिण अफ्रीकाले २ खेलमा २ अंक जोडेको छ ।

साविक विजेता वेस्ट इन्डिजको यो लगातार दोस्रो हार हो ।

पहिलो खेलमा दक्षिण अफ्रीका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो ।

वेस्ट इन्डिजलाई इंग्ल्यान्डले ६ विकेटले हराएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स