पाकिस्तानसँग भारत १० विकेटले पराजित

एजेन्सी । विश्व टी-२० क्रिकेटमा भारत चिरप्रतिद्वन्दी पाकिस्तानसँग १० विकेटले हारेको छ । भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तालने विकेट नगुमाइ विजयी भएको हो ।

१३ बल अघि नै भारतले दिएको लक्ष्य भेटाउन पाकिस्तान सफल भएको हो । पाकिस्तानको जितमा विकेट किपर मोहमद रिजवान र कप्तान बाबर अजामले क्रमश अविजित ७९ र ६८ रन बनाउन सफल भएका छन् ।

पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङको निम्तो दिएको थियो ।

भारतले २० ओभरमा ७ विकेट गुमाउदै १५१ रन बनाएको थियो ।

भारतका लागि सर्वाधिक रन कप्तान विराट कोहली ५७ रन बनाएका थिए । यस्तै, विकेट किपर तथा आक्रामक ब्याटम्यान ऋषभ पन्थले ३० रनमा ३९ रन बताउदै कप्तान कोहलीलाई साथ दिएका थिए ।

पाकिस्तानका बलर शाहिन अफ्रिदीले ४ ओभरमा ३१ रन खर्चिदै ३ विकेट लिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स