पोखरामा अठार लाख पुरस्कार राशिको म्याराथन प्रतियोगिता हुने

काठमाडौं । कास्कीको पोखरामा आगामी फागुन पहिलो साता १८ लाख ५० हजार रुपैंयाँ पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका कोषाध्यक्ष महेश पौडेलका अनुसार आगामी फागुन ५ गते हुने उक्त उक्त प्रतियोगितामा पुरुषतर्फ ४२ किलोमिटरको खुला म्याराथन आयोजना गरिने छ । सो स्पर्धाका विजेताले पाँच लाख रुपैंयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर दौड (महिला/पुरुष), विद्यालयका छात्रछात्रा सहभागी हुने पाँच किलोमिटरको दौड र दृष्टिविहीन तथा ह्वीलचियर दौड आयोजना गरिने कोषाध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतियोगितामा यस वर्षदेखि ५० वर्षमाथिका महिला/पुरुषलाई समेत लक्षित गरी दौड समावेश गरिएको छ । सन् २०२० मा आयोजना गरिएको पोखरा म्याराथनमा जापानका धावक तथा सन् २०२२ र सन् २०२३ मा केन्याका धावक विजयी भएका थिए । ‘म्याराथन दौडका लागि वैकल्पिक मार्गबारे अध्ययन भइरहेको छ’, मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने, ‘बजारसँगै ग्रामीण क्षेत्रलाई समेत समेटेर म्याराथन दौडको योजना बनाएका छौंं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स