काठमाडौं । अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो ।
हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको क्षतिमा २४१ रन बनाएर जित हात पारेको हो । आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्न घरेलु टिम भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान त्रविस हेडले शतक पूरा गरे ।