भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं । चीनको हान्झाउमा भइरहेको १९ औँ एशियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत मंगलबार बिहान भएको खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

योसँगै अब नेपालले जित्नका लागि २०३ रन बनाउनु पर्नेछ । टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २०२ रन बनाएको छ ।

सो खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ विकेट लिएका छन् भने सोमपाल कामी र सन्दिप लामिछानेले एक एक विकेट लिएका छन् । पहिला ब्याटिङ गरेको भारतका लागि यशश्वी जैसवालले १०० रन बनाउन सफल भएका छन् । अहिले २०३ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स