गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण भरतपुर महानगरपालिकाले पुरा गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाले भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको बाँकी निर्माण कार्य पुरा गर्ने भएको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माण कार्यबाट हात झिकेपछि अलपत्र बनेको उक्त रङ्गशाला निर्माणको काम भरतपुर महानगरपालिकाले पूरा गर्ने महानगरपालिकाका प्रमुख रेणु दाहाल जानकारी दिईन । आज नारायणी किनारमा भएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा उनले जनस्तरबाट भएको चासो र चिन्तालाई आफूले मनन गरेको जनाउँदै जसरी भए पनि रङ्गाशाला बनाउने बताईन । ‘हामीलाई पटक–पटक जनस्तरबाट खबरदारी भएको छ, रङ्गशाला के हुँदै छ भन्ने आम रुपमा जनतामा चासो र चिन्ता छ, महानगर प्रमुखले अल्लि अस्ति नै बनाउने भन्नुभएको थियो निर्माणको काम कहाँ पुग्यो भन्ने जनतामा प्रश्न छ ।’ उनले भनीन्, ‘म यही कार्यक्रममार्फत भन्न चाहन्छु गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला बन्छ हाम्रै पालामा तपाइँहरु ढुक्क रहनुस् ।’

सामाजिक सञ्जालमा समेत पहिला बोलेका कुरा राखेर प्रश्न उठाईने गरेको उनले बताईन् । रङ्गशाला निर्माण पूरा गर्न ठूलो आकारको ऋण तिर्नुपर्ने भएको र सरकारले ऋण तिर्ने भन्ने पहिला कुनै सम्झौता नभएको हुँदा निर्माण प्रक्रिया अगाडि बढाउन मुस्किल भएको भन्दै महानगर प्रमुख दाहालले गत आर्थिक वर्षको अन्त्यमा नेपाल सरकारको १२ करोड रुपैंयाँ बजेट आएको तर एक हप्ता पनि समय नहुँदा बजेट फिर्ता पठाइएको र छिट्टै त्यो बजेट पुनः आउने उनले जानकारी दिईन । ।

रङ्गशाला निर्माणका लागि महानगरपाललिकालाई तत्कालै अरबौं बजेट जुटाउन समस्या हुने हुँदा चरणबद्ध ढङ्गले काम अघि बढाइने र बनेका संरचना संरक्षण गर्दै जाने दाहालको भनाइ छ । उनले रङ्गशालालाई खेल्न लायक ठाउँ बनाउनका लागि महानगरपालिकाले विभिन्न प्रक्रिया पूरा गरी बागमती प्रदेश सरकारसँगको साझेदारीमा छिट्टै काम अघि बढाइने बताईन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स