मेस्सीको गोलले अर्जेटिनालाई अग्रता

काठमाडौं । लियोनेल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् । विश्वकप फाइनल खेलको २३ औँ मिनेटमा उनले गोल गरेका हुन् । योसँगै जारी विश्वकपमा उनको गोल संख्या ६ पुगेको छ ।

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ । कतारको लुसेल स्टेडियममा जारी खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले फ्रान्सविरुद्धको खेलमा २–० गोलको अग्रता बनाएको हो ।  फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको पाएको थियो ।

त्यसपछि खेलको ३६औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका छन् । उनले म्याक एलिस्टरको पासमा गोल गरेका हुन् ।

कतारको लुसेल रंगशालामा विश्वकप फुटबल–२०२२ को उपाधि प्रतिस्पर्धा हुँदैछ । आइतबार राति भएको प्रतिस्पर्धामा दक्षिण अमेरिकी महारथी अर्जेन्टिना र युरोपको महाशक्ति फ्रान्स, नयाँ इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रदैछन् । अर्जेन्टिना सुरुदेखि आक्रामक भएर मैदानमा उत्रेको थियो र त्यसको फाइदा लिन पनि सफल रह्यो । डिफेन्डिङ च्याम्पियन फ्रान्सले भने अहिलेसम्म कुनै उल्लेखनीय आक्रमण प्रदर्शन सकेको छैन ।

तेस्रोपल्ट विश्वकपको ट्रफी उचाल्ने गरी अर्जेन्टिना र फ्रान्सबीच हुन लागेको यो खेल हेर्न ८८ हजार ९६६ जना रंगशालाभित्रै रहेका छन् भने विश्वको नजर त्यही केन्द्रित हुँदैछ । अझ पछिल्लो डेढ दशक विश्व फुटबलमा एकछत्र छाएका लियोनल मेस्सी र उदाउँदो ग्लोबल सुपरस्टार केलिएन एम्बाप्पेले यो विश्वकपको आकर्षण बढाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स