विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा

काठमाडौं । नोभेम्बर २० (मंसिर ४) गतेबाट सुरु हुने विश्वकप फुटबलका लागि ब्राजिलले आफ्नो टिम घोषणा गरेको छ ।

कतारमा हुन गइरहेको फिफा विश्वकप फुटबलका लागि ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

ब्राजिलले घोषणा गरेको टोलीमा रोबर्टो फिर्मिन्हो अटाएका छैनन् ।

पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ ।

विश्वकप २०२२ मा ब्राजिल समूह ‘जी’ मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स