काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अघिल्लोपटक थपिएको पाँच दिनको म्याद सकिएपछि लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
प्रहरीले थप ७ दिनको म्याद मागे पनि अदालतले भने थप चार दिनको म्याद दिएको हो ।
असोज २० गते कतारको दोहाबाट बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो ।