काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी रहेको साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले गोल गरेको छ ।
उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको नेपालले दोस्रो हाफमा एक गोल फर्काएको हो ।
खेलको मध्यान्तरसम्म नेपाल बङ्लादेशसँग २-० गोलले पछाडि परेको थियो ।