१५ वर्षीय नेपाली युवाले हात पारे युरोपीएन फुटबल क्लबबाट तीन वर्षको प्रोफेस्नल कन्ट्रयाकट

काठमाडौं । पन्ध्र वर्षीय नेपाली शास्वोत रानाले च्याम्पिएन्स लिग टिम एफसी कोपेनहेगन बाट तीन वर्षको प्रोफेस्नल कन्ट्रयाकट हात पारेका छन् । उनले २०२२ देखि २०२५ सम्म अन्डर १७(अन्डर १९ को लागि कन्ट्रयाकट पाएका हुन् । एफसी कोपेनहेगन क्लबका डेभलपमेन्ट डाइरेक्टर सुने स्मिथ निल्सनकका अनुसार शास्वोतलाई १९ वर्षसम्म एफसी कोपेनहेगन को सिनियर टिम बाट खेलाउने हिसाबले यो कन्ट्रयाकट दिइएको हो ।

डेनमार्कमै जन्मिएर हुर्केका शास्वोतले ६ वर्षको उमेर देखि फुटबल खेल्न थालेका हुन् । हेलरअप आइडीरेट्स क्लब देखि लिङबाइ बोल्ड क्लब हुँदै १४ वर्षमा एफसी कोपेनहेगन आएका रानाले उमेर समूहमा लिभरपुल, चेल्सी, आरबी लिपजिग,पीएसभी, वेष्ट ह्याम, बार्यन मियुनिक जस्ता टिमहरुसंग खेल खेलिसकेका छन् ।

लेफ्ट विंग ब्याक शास्वोत केहि महिना अघि नेपाल साफ अन्डर २० को क्लोज क्याम्प ट्रेनिंगमा पनि सहभागी थिए । शास्वोतका बुवा विवेक राना नेपालका पूर्व कराते खेलाडी हुन् भने आमा सुशिला हमाल विगत १८ वर्षदेखि डेनमार्कमै एभरेष्ट रेमिट्यान्स चलाएर बसिरहेका छन् । शास्वोत २०२० को युथ वर्ल्ड पन्ना च्याम्पियन पनि हुन् । मौका पाए एकदिन नेपालको लागि खेल्ने इच्छा भएको शास्वोत बताउँछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स