रोनाल्डो बने सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी

काठमाडौं । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

उनले इरानको अली देइको १०९ गोलको कीर्तिमानलाई तोडेदै अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या १११ पुर्‍याएका छन् ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत रिपब्लिक अफ आयरल्याणडविरुद्ध दुई गोल गर्दै रोनाल्डोले उक्त कीर्तिमान राख्न सफल भएका हुन् ।

हिजो भएको खेलमा रोनाल्डोले खेलको अन्त्यतिर गरेको दुई गोलमा पोर्चुगलले २-१ को जित हात पारेको थियो ।

उनको पोर्चुगलका लागि व्यक्तिगत ११०औं र १११ औं गोल गरे । अली देइले सन् १९९३ देखि २००६ सम्म खेल्दै १०९ गोल गरेका थिए । रोनाल्डोले यसै वर्ष भएको युरो २०२० मा देइको कीर्तिमान बराबरी गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स