हालान्डले अब म्यानचेष्टर सिटीबाट खेल्ने, गरे ५ वर्षको सम्झौता

काठमाडौं । नर्वेका युवा स्ट्राइकर एर्लिङ हालान्ड इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी क्लबमा अनुबन्ध भएका छन् ।

सोमबार २१ वर्षीय हालान्डलाई सिटीले ५ वर्षको लागि सम्झौता गरेको हो ।

हालाण्डलाई सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट अनुबन्ध गरेको हो ।

योसँगै उनी २०२७ को जुलाईसम्म सिटीका लागि खेल्ने छन् ।

हालान्डले डर्टमन्डबाट ८९ खेलबाट ८६ गोल गरिसकेका छन् भने नर्वेबाट २१ खेलमा २० गोल गरिसकेका छन् ।

उनले जर्मन कप जित्नुका साथै बुण्डेसलिगा प्लेयर अफ दि सिजनको अवार्ड समेत जितेका थिए ।

‘सिटी विश्वकै उत्कृष्ट क्लब हो, पेप ग्वार्डिवला पनि विश्वकै उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन्, म सिटीमा रहेर खेल्न उत्साहित छु, धेरै गोल गरेर धेरै भन्दा धेरै उपाधि जित्न चाहन्छु’,उनले भने ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स