किन छाडे ९ जना फुटबल खेलाडीले आफ्नो टिम ?

काठमाडौं । राष्ट्रिय फुटबल खेलाडीले विद्रोह गरेका छन् । एएफसी एसियन कप छनोटको तयारीमा रहेका खेलाडीहरूले विद्रोह गरेका हुन् । प्रशिक्षणमा रहेका २५ जना मध्ये ९ जना खेलाडीले विद्रोह गर्दै प्रशिक्षण छाडेका छन् ।

मंगलबारको प्रशिक्षणपछि सबै खेलाडी रंगशाला नजिकै होटल गएका थिए । तर, राति ९ बजे ९ जना खेलाडीहरुले होटल छाडेको स्रोतले जनाएको छ ।

होटल छाडेका खेलाडीहरु सम्पर्कमा नआएको र यसबारेमा व्यवस्थापनले एन्फा नेतृत्वलाई जानकारी गराइसकेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स