सुर्य नेपाल च्यालेन्ज-२०२२, पहिलो खेलमा रवि अगाडि

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गतको छैटौं इभेन्ट सुर्य नेपाल च्यालेन्जको मंगलबार भएको पहिलो राउण्डमा पूर्व शीर्ष खेलाडी रवि खड्काले दुई शटको अग्रता लिएका छन्।

खेल रोयल नेपाल गल्फ क्लबको पार-६८ मा भएको थियो। रविले ६ अन्डर ६२ रन बनाएर चार अन्डर ६४ बनाएका दीपक मगर र भुवन कुमार रोक्काभन्दा दुई स्ट्रोक अगाडि रहेका छन्।

त्यस्तै सूर्यप्रसाद शर्मा र नेपालका नम्वर १ प्रो भुवन नगरकोटी थ्री अन्डर ६५ बनाएर चौथोमा रहेका छन् भने सञ्जय लामा, निरज तामाङ, रामे मगर सगैं एमेच्योर सुवास तामाङसँग २ अन्डर ६६ बनाएर छैटौं स्थानमा बराबरीको अवस्थामा रहेका छन्।

यस्तै पशुपति शर्मा र भीमसेन चौलागाईं समान ६८ को पारि खेल्दै दसौं स्थानमा रहेका छन्। दिनेश प्रजापति, धनबहादुर थापा र एमेच्योर महेन्द्र फगामी ६९ अंक बनाउँदै बार्हौं स्थानमा छन् भने विनोद तामाङ, विपिन तामाङ, जयर्मा श्रेष्ठ र एमेच्योर गजेन्द्र गुरुङ दुई ओभर ७० बनाउँदै पन्धौं स्थानमा रहेका छन्।

खेलमा अग्रस्थानमा रहेका रवि खड्काले अगाडिको नौ पारीमा चार अन्डर ३० र पछाडिकोमा दुई अन्डर ३२ खेले। उनले पहिलो नौ पारी मध्ये पहिलो, दोस्रो, चौथो र पाँचौंमा बुगी(रहित बर्डी खेले। उनले टर्न लिएपछिको दसौं, सत्रौं र अठारौं होलको बर्डीज विरुद्ध १४ औं होलमा शट ड्रप गरेका थिए।

अनुभवी प्रो दीपक मगरले दुबै हाफमा दुई-अण्डर ३२ को कार्ड खेले। दीपकले पनि पहिलो दुई होलमा बर्डी कार्ड बनाए र पाँचौं होलमा थप एउटा बर्डी खेले तर चौथो होलमा उनले सट ड्रप गरे।

टर्न लिएपछि भने पन्धौं होलमा बोगीको सामना गर्नु अघि दीपकले दसौं, तेरौं र चौधौं होलमा बर्डी खेले। भुवनकुमार रोक्काले अघिल्लो नौ होलमा ३ अन्डर ३१ र पछाडिको नौमा १ अन्डर ३३ प्रहार गरे।

उनले पहिलो होलमा बर्डी कार्ड दिए र दोस्रोमा ड्रप गरे। उनले टर्न लिनु अघि चौथो, सातौं र नवौं होलमा बर्डीहरू थपे। ब्याक नाइनमा भने भुवनले दशौं, एघारौं, तेरौं र चौधौं होलमा चार बर्डी खेले तर बाह्रौं, सोह्रौं र सत्रौं होलमा भने उनले तीनवटा बोगीको सामना गरे।

त्यस्तै सूर्यप्रसाद शर्माले अघिल्लो नौमा ३-अण्डर ३१, पछाडिको नौमा पनि ३-अण्डर ३१ खेले भने शीर्ष प्रो भुवनले अघिल्लो नौमा १-अण्डर ३३ र पछिल्लोमा २-अण्डर ३२ को सट खेले।

सूर्य नेपालको प्रायोजनमा प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालले आयोजना गरेको प्रतियोगितामा ३८ प्रो र २२ एमेच्योर गरी ६० गल्फ खेलाडीले भाग लिएका छन् ।

यस प्रतियोगितामा दोस्रो राउन्ड पछि कट लागू हुनेछ। २१ शीर्ष स्कोर गर्ने प्रो (टाई सहितका) र शीर्ष ६ एमेच्योरहरू वा व्यावसायिक कटौती गर्नेहरुले अन्तिम ३६ होलहरु खेल्न पाउनेछन्।

कुल ५ लाख ४५ हजारको पुरस्कार राशि रहेको यो प्रतियोगितामा विजेताले १ लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६,००० पाउने छन्। साथै शीर्ष २१ मा रहेका अन्यले पनि नगद पुरस्कारको आफ्नो अंश प्राप्त गर्नेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स