आज नेपालले आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्दै, खेल बेलुका ७ः१५ बजे सुरु हुने

काठमाडौं । भारतमा जारी साफ यू-१८ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

भारतको जमसेदपुरस्थित जेआरडी टाटा कम्प्लेक्समा नेपालले बलियो टोली बंगलादेशको सामना गर्दै प्रतियोगिताको समापन गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ तर बंगलादेशलाई पराजित गर्न सजिलो भने छैन ।

च्याम्पियनशिपको पहिलो भेटमा नेपाल बंगलादेशसँग पराजित भएको थियो । नेपाल उक्त हारको बदला लिन चाहन्छ भने बंगलादेश आफ्नो जितलाई कायम राख्न चाहन्छ ।

नेपाल, भारत र बंगलादेश सहभागी उक्त च्याम्पियनशिपमा नेपालले लगातार तीन खेलमा पराजय भोगेको छ ।

नेपाल भातरसँग ७–०, बंगलादेशसँग ४–२ र भारतसँग पुन ५–१ गोलअन्तरले पराजित भएको छ ।

तीन खेल खेलेको भारतले तीन खेलमा नै विजयी हुँदै नौ अंक जोडेको छ । भारत अंक तालिकाको शीर्ष स्थानमा छ ।

दुई खेल खेलेको बंगलादेशले तीन अंक जोडेको छ । बंगलादेश अंक तालिकाको दोस्रो स्थानमा छ ।

अंक विहीन रहेको नेपाल भने अंक तालिकाको अन्तिम स्थानमा छ । डबल राउण्ड रोविनको आधारमा जारी उक्त च्याम्पियनशिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स