भक्तपुरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

भक्तपुर । भक्तपुर जिल्ला ब्याडमिन्टन संघले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । संघले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो ।

संघका अध्यक्ष राजेन्द्र प्रजापतिका अनुसार यही चैत ९ देखि १२ गतेसम्म भक्तपुरको लीलालीमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगितामा ७७ जिल्ला र सातवटै प्रदेशका २०० भन्दा बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा यू–१५ पुरुष र महिला, पुरुष र महिला एकल, पुरुष डबल्सलगायत ६ विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता संयोजक नवीन प्रजापतिका अनुसार यू–१५ पुरुष र महिलातर्फ प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई सात हजार ५००, पुरुष र महिला एकलतर्फ प्रथमलाई ३५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १२ हजार ५०० तथा पुरुष डबल्सतर्फ प्रथमलाई ३० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई सात हजार ५०० पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स