एफसी चितवनले आइतवार चितवनमा रूकी हण्ट संचालन गर्दै

काठमाडौं । फुटवल क्लब एफसी चितवनले आगामी आइतवार विहान ११ः३० बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट (ट्यालेन्ट क्याम्प ; खेलाडी छनोट) कार्यक्रम आयोजना गर्दै छ । आउँदो अप्रील ८ तारिकबाट सुरु हुन लागिरहेको नेपाल सुपर लीग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिष्पर्धी क्लब एफसी चितवनले होम ग्राउण्डको महत्त्वपूर्ण प्रतिनिधित्व होस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।

चितवन फुटवल सङ्घको समायोजनामा आयोजना हुने उक्त प्रतियोगितमा फुटवल खेलमा पोख्त २३ वर्ष नपुगेका जुनसुकै खेलाडीहरूले भाग लिन पाउनुहुनेछ । खेलाडीहरू कुनै पनि राष्ट्रियस्तरको लीग प्रतियोगितामा नखेलेको हुनुपर्नेछ । यसरी छनोटमा पर्ने एकजना खेलाडीले आसन्न नेपाल सुपर लीग (एनएसएल) मा एफसी चितवन टीमबाट प्रतिष्पर्धामा खेल्न पाउने छन् ।

एफसी चितवन

एफसी चितवन आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रालिको एक फुटवल क्लब हो । खेलकुदका क्षेत्रमा युवा पुस्तामा बढ्दो आकर्षण रहेको र प्रर्याप्त पूर्वाधार पनि निर्माण भइनसकेको अवस्थामा समस्त खेलाडीहरूलाई प्रोत्साहन पनि मिलोस् र दर्शकलाई भरपुर मनोरन्जन पनि प्राप्त होस् भन्ने उद्देश्यले यो क्लब स्थापना गरिएको हो ।

अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएता पनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा गत वर्षबाट मात्र शुरू हो । प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिष्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न थालेपछि यो प्रतियोगिता झन बढी प्रतिष्पर्धात्मक एवम् रोमान्चकारी हुने देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स