आजदेखि देहिमाडौंमा मेयर कप पुरुष टि-ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि पाचौं संस्करणको मेयर कप पुरुष टि- ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा सञ्चालन हुने प्रतियोगिता चैत २ गते सम्पन्न हुने।

प्रतियोगिता देहिमाडौंमा उद्घाटन गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए ।

निङग्लाशैनी खेलमैदान देहिमाडौंमा हुने उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– ४ खलंगा र नगरपालिकाका ९ ग्वाल्लेक भिड्ने भएका छन् ।

प्रतियोगितामा सहभागी हुने ११ टोलीलाई चार समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ ।

उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ ।

नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको छ । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

यसअघि गतवर्ष सम्पन्न चौंथो संस्करणको मेयर कपको उपाधि वडा नं ५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्दै वडा नं ४ खलंगाले हात पारेको थियो ।

यसैबीच पाँचौं संस्करणको उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने चैत ४ गतेदेखि सञ्चालन हुने नगर क्रिकेट समितिले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स