नेपाल आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनलमा

काठमाडौं । नेपालले क्यानडालाई ८ विकेटले पराजित गर्दे आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।

आज भएको समूहको अन्तिम खेलमा विजय हासिल गर्दे नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

क्यानडाले १५ ओभरमा सबै विकेट गुमाएर ८० रन बनाएको थियो । ८१ रनको लक्ष्यमा नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो ।

कुशल भुर्तेल र दीपन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गर्नुका साथै सन्दीप लामिछानेको तीन विकेट लिएको खेलमा नेपालले सानदार जित निकालेको हो ।

मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा क्यानडाका कप्तान नवनित धालिवालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए ।

नेपालले अब फाइनल प्रवेशका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्नेछ ।

समूह ‘ए’बाट आयरल्यान्डले विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ । आयरल्यान्डले फाइनल प्रवेशका लागि ओमानविरुद्ध खेल्नेछ । ओमानले आजै सम्पन्न अर्को खेलमा फिलिपिन्सलाई ९ विकेटले पराजित गरेको थियो ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स