टी-२० विश्वकप छनोटः बलर चम्कँदा नेपालको विजयी सुरुवात

काठमाडौं ।ओमानमा जारी टी–२० विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो ।

नेपाल ११८ रनको लक्ष्य रक्षा गर्दै विजयी भएको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ‌ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयो । ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । जतिन्दर सिंह र अरिम कलिमले समान ९(९, खवार अलीले ७ रन मात्र बनाउन सके ।

सुरुवातदेखि नै उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २र२ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १र१ विकेट लिए ।

यसअघि ओमानको अल अमिरात रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स