काठमाडौं । नेपाल फुटबलका पूर्वकप्तान हरि खड्का नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् ।
उनलाई नेपाल प्रहरी बढुवामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा दायर मुद्दामा अदालतले दोषी ठहर गरेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गएको माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
उनलाई ५ हजार जरिवाना तोकिएको छ ।
नक्कली प्रमाणपत्र पेस गरी उनी २०५५।०७।०१ मा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएका थिए। खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए ।
खड्काले राष्ट्रिय फुटबल टोलीबाट सबैभन्दा धेरै १३ गोल गरेका छन् ।