‘दी बेस्ट फिफा’ अवार्डअन्तर्गत विभिन्न विधाका अन्तिम तीनको नाम सार्वजनिक, अटाएनन् रोनाल्डो (सूची सहित)

काठमाडौं । फिफाले ‘दी बेस्ट फिफा’ अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फिफाले शुक्रबार बेस्ट फिफा अवार्डअन्तर्गत विभिन्न विधामा अन्तिम तीनमा पर्न सफल भएका खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

बेस्ट अवार्ड पुरुषतर्फ अन्तिम तीनमा रोबर्ट लेवान्डोस्की, लिओनल मेस्सी र मोहम्मद सालाह पर्न सफल भएका छन् । यसपालि रोनाल्डो भने यस अवार्डबाट बाहिरेका छन् । उनको स्थानमा मोहम्मद सालाह पर्न सफल भएका छन् । गत वर्ष लेवान्डोस्की, मेसी र रोनाल्डोबीच प्रतिस्पर्धा भएको थियो ।

फिफाले सबै अवार्डको विजेताको नाम यही जनवरी १७ मा घोषणा गर्ने जनाएको छ ।
अन्तिम छनोटमा परेका खेलाडी :

उत्कृष्ट पुरुष खेलाडी
१. रोबर्ट लेवनाडोवस्की (पोल्यान्डरबायर्न म्युनिख)
२. लियोनल मेसी (अर्जेन्टिनारबार्सिलोनारपीएसजी)
३. मोहम्मद सालाह (इजिप्टरलिभरपुल)

उत्कृष्ट महिला खेलाडी
१. जेनिफर हर्मोसो (स्पेन/बार्सिलोना)
२. साम केर (अष्ट्रेलिया/चेल्सी)
३.. एलेक्सिया पुटेलस (स्पेन/बार्सिलोना)

उत्कृष्ट पुरुष प्रशिक्षक
१. पेप ग्वार्डिओला (म्यानचेस्टर सिटी)
२. रोबर्टो मान्सिनी (इटाली)
३ं थोमस टुचेल (चेल्सी)

उत्कृष्ट महिला प्रशिक्षक
१. लुइस कोर्टेस (बार्सिलोना)
२. इमा हाएस (चेल्सी)
३. सरिना विगमन (नेदरल्यान्ड्सरइङ्ल्यान्ड)

उत्कृष्ट पुरुष गोलकिपर
१. जियानलुइगी डोन्नारुमा (इटालीरएसी मिलानरपीएसजी)
२. इडोवार्ड मेन्डी (सेनेगलरचेल्सी)
३. म्यानुयल नुयर (जर्मनीरबायर्न म्युनिख)

उत्कृष्ट महिला गोलकिपर
१. आन–क्याट्रिन बर्गर (जर्मनीरचेल्सी)
२. क्रिष्टियन इन्डलर (चिलीरपीएसजीरलियोन)
३. स्टेफनी लेबी (क्यानडारएफसी रोसेनगार्डरपीएसजी)

फिफा पुस्कार अवार्ड
१. इरिक लामेला– टोटनहम (विरुद्ध आर्सनल, १४ मार्च)
२. प्याट्रिक सिक– चेक गणतन्त्र (विरुद्ध स्कटल्यान्ड, १४ जुन)
३. मेहदी तरेमी– पोर्टो (विरुद्ध चेल्सी, १३ अप्रिल)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स