संकटा र सातटोबाटो युथ बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गतको शुक्रबारको पहिलो खेलामा संकटा क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलका छन् ।

संकटा र सातदोबाटोले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने सातदोबाटोले बनाएको थियो ।

खेलको २३ औं मिनेटमा सुशील राईले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । संकटाका गोलकिपर राजाबाबु थापाको गल्तीको फाइदा उठाउँदै सुशीलले गोल गरेका हुन् ।

खेलको ३२ औं मिनेटमा जया गुरुङले डिबक्स बाहिरबाट आकर्षक गोल गर्दै संकटालाई खेलमा फर्काएका थिए । उनको गोल नै खेलको अन्तिम गोल रहयो । थप गोल नहुन सक्दा खेल १-१ कै बराबरीमा टुंगियो ।

यस बराबरीसँगै संकटाले ८ खेलमा १४ अंक जोडेको छ । संकटा लिगको तेस्रो स्थानमा रहेको छ ।

सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

खेलको प्लेयर अफ दि म्याच संकटाका जया गुरुङ चुनिए ।

सातदोबाटोका आकाश बुढा मगर इमर्जिङ प्लेयर चुनिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स