खेलकुद मन्त्री अथकद्धारा बिजेता टिमलाई बधाई

काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि बिजेता नेपाली महिला टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बधाई दिएका छन् । साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि मन्त्री अथकले खुसी ब्यक्त गर्दै बधाई दिएका हुन् ।

नेपाली टिमको जितको खबरले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई बधाई दिएका हुन् । उनले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै खुसी ब्यक्त गरे ।

बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स