सेभिया र बार्सिलोनाको बराबरी

एजेन्सी । स्पेनिस ला लिगामा सेभिया र बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार राति भएको खेलमा घरेलु टोली सेभिया र बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । सेभिया १० खेलाडीमा समेटिए पनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन ।

सेभियाका पपु गोमेजले गोल गरे । बार्सिलोनाका रोनाल्ड अराउजोले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता सेभियाले लिएको तियो । ३२औं मिनेटमा गोमेजले कप्तान इभान राकिटिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह बढाए ।

सेभियाको गोलपछि आक्रामक बनेको बार्सिलोनाले ४५औं मिनेटमा बराबरी गोल फर्काएको थियो । रोनाल्डले औसमाने डेम्वेलेको पासमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए ।

सेभिया ६४औं मिनेटमा १० खेलाडीमा समेटियो । बार्सिलोनाका जोर्डी अल्बासँग अनावश्यक विवादमा उत्रिएपछि जुलेस कुन्डेलाई रेफ्रीले सोझै रातो कार्ड देखाएका थिए । त्यसपछि बल पोसेसनमा पकड जमाएपनि बार्सिलोनाले गोल थप्न भने सकेन ।

५९ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले २३ वटा पोस्ट् प्रहार गरेको थियो । बार्सिलोनाको लगातार प्रयासमा सेभियाको रक्षापंक्ति बाधक बन्यो । जारी लिगका बार्सिलोनाको यो सातौं र सेभियाको पाँचौं बराबरी हो । बार्सिलोनाका औसमाने डेम्वेले ‘म्यान अफ दी म्याच’ भए ।

बराबरीसँगै दोस्रो स्थानमा रहेको सेभियाले १८ खेलबाट ३८ अंक बनाएको छ । सातौं स्थानमा रहेको बार्सिलोनाको २८ अंक छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४३ अंक छ । तेस्रो स्थानमा रहेको रियल बेटिसको ३३ अंक छ ।

मंगलबार रातिनै भएको अर्काे खेलमा भिल्लारियलले डिपोर्टिभो अलाभेसलाई ५–२ गोलले हरायो । घरेलु मैदानमा भिल्लारियललाई जिताउन जेरार्ड मोरेनोले १८औं र ८८औं मिनेटमा तथा बोउलाय डिएले २७औं र ७६औं मिनेटमा दुई दुई गोल गरे । यरेमी पिनोले ७९औं मिनेटमा एक गोल थपेका थिए ।

अलाभेसका पेरे पोन्सले ४४औं र जोसेलुले ६५औं मिनेटमा गोल गरेका थिए । जितसँगै २५ अंक बनाएको भिल्लारियल नवौं स्थानमा उक्लिएको छ । पराजित अलाभेसले रेलिगेसन छल्न सकेको छैन । १५ अंक बनाएको अलाभेस १८औं स्थानमा छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स