मेसीले जिते कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड, लेवान्डोस्कीलाई स्ट्राइकर अफ दि इयर

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड हात पारेका छन् । । मेसीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् । मेसीले कीर्तिमानी सातौं पटक बालोन डीओर अवार्ड जितेका हुन् ।

फ्रेन्च फुटबलले सोमबार राति एक विशेष समारोहबीच अर्जेन्टिनाका मेसीलाई बालोन डी ओर अवार्ड प्रदान गरेको हो ।

यस अघि मेसीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए ।

मेसीले बयार्न म्युनिखका र्रोबर्ट लेवान्डोस्की र जोगिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बन्न सफल भएका छन्।

यस्तै जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ दि इयर हात पारे ।

म्यानचेस्टर युनाइटेडका रोनाल्डो छैटौं स्थानमा रहे ।
बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू-२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे ।

इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे ।

क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

महिलातर्फको बालोन डीओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।
फ्रेन्च फुटबलले खेल पत्रकार, राष्ट्रिय टिमका कप्तान र प्रशिक्षकहरुको भोटको आधारमा विजेता घोषणा गरेको हो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स