म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक सोल्सायर बर्खास्त

काठमाडौं । म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षकमा रहेका ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति वाटफोर्डसँग ४–१ ले पराजित भएसँगै क्लबको बसेको बोर्ड बैठकले सोल्सारलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

युनाइटेडले पछिल्लो सातमध्ये एक खेल मात्र जितेको थियो । १२ खेलबाट १७ अंक जोडेको युनाइटेड अहिले सातौं स्थानमा छ ।

युनाइटेडले अर्को प्रशिक्षक नियुक्त नहुँदासम्मका लागि सहायक प्रशिक्षक माइकल म्यारिकलाई कार्यवाहकको जिम्मेवारी दिएको छ ।

युनाइटेडले मंगलबार च्याम्पियन्स लिगमा भिल्लारियालविरुद्ध खेल्दै छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स