काठमाडौंमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने, प्रथम पुरस्कार १ लाख

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनको आयोजनामा काठमाडौंमा ‘रनफर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ । एशोसिएसनद्धारा आज यहाँ आयोजित पत्रकार सम्मलेनमा उक्त प्रतियोगिता आगामी पुस ३ गते हुने जानकारी दिइयो ।

प्रतियोगितामा हाफ म्याराथनसहित पुरुष १० किमि, महिला पाँच किमि, १२ कक्षासम्मका विद्यार्थीअन्तर्गत पुरुषतर्फ पाँच किमि तथा महिलातर्फ तीन किमि दौड हुनेछ । साथै फरक क्षमता भएका व्यक्तिका लागि ह्वीलचेयर दौड पनि समावेश गरिएको आयोजकका अध्यक्ष डा सितलकाजी श्रेष्ठले जानकरी दिए ।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन तथा जनचेतना फैलाउने उदेश्यले म्याराथन आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महिला तथा पुरुषतर्फको हाफ म्याराथन विजेताले समान एक लाख तथा दोस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुने खेलाडीले ५० हजार पाउनेछन् । चौथो र पाँचौ हुनेले क्रमशः ४० हजार र ३० हजार प्राप्त गर्नेछन् ।

दश किमितर्फ शीर्षदेखि पाँचौस्थानसम्म हातपार्ने खेलाडीले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार पाउनेछन् । पाँच किमि तथा ह्वीलचेयरतर्फका शीर्षदेखि पाचौं स्थानसम्म विजेता हुने खेलाडीले क्रमश ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार पाउनेछन् ।

त्यसैगरी तीन किमितर्फका शीर्ष पाँचसम्म विजयी हुने खेलाडीले क्रमशः २० हजार, १५ हजार, १० हजार, पाँच हजार र दुई हजार ५०० प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताका लागि दर्ता शुल्क दुई सय तोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स