शनिबारदेखि खुलेको अग्रिम टिकट बुकिङ किन हुँदैछ बन्द ?

काठमाडौं । यातायात व्यवसायीहरुले शनिबारदेखि खुल्ला गरेको अग्रिम टिकट बुकिङ बन्द हुँदैछ । गाडी आवत जावत गर्ने अनिश्चितता हुँदै गर्दै बुकिङ बन्द गर्न लागिएको हो ।

मौसम विभागले अझै पानी पर्ने र बाढीपहिरोको जोखिम रहेको बताइरहेको छ । त्यसकारण पनि यातायात व्यवसायीहरु टिकट बुडिकङ गर्नबाट हच्किएका हुन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले औपचारिक स्थमा स्थगित गर्न लागिएको जनाएको छ । महासंघडले सडक अवरुद्ध भैरहेको छर अझै जोखिम भएको कारण अग्रिम टिकट बन्द गर्न लागिएको जानाकारी दिएको छ ।

बुकिङ भएका टिकटहरुका यात्रुको समेत अनिश्चितता देखिएको महासंघको भनाई । जुन समय र दिन तोकेर टिक काटिएको छ । त्यो तालिका मिलाउन निकै गाह्रो पर्ने देखिएको हो ।

अहिले नै धेरै गाडी रोकिएर बसेका छन् । काठमाडौंबाट बाहिर जाने गाडीहरु निस्कन सकिरहेको छैन । नाकाहरु बन्द छन् । बिच बाटामा रोकिएको छ ।
यात्रुहरु विचल्लीमा परेका छन् भने गाडीका स्टाफहरुलाई समेत खानबस्न अफ्ठ्यारो परेको कारणले गर्दा समस्या आएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स