काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार काठमाडौं आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् ।
भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए । विदेशमन्त्री जयशंकरलाई पशुपति क्षेत्र विकासकोषका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
यस अघि विदेशमन्त्री जयशंकरले पशुपतिनाथ परिसरमै रुद्राक्षको विरुवा रोपेका थिए । दुई दिने नेपाल भ्रमणमा आउनु भएका विदेशमन्त्री जयशंकरले आजै स्वदेश फिर्ता हुनेछन् ।