नेपाल आर्थिक उन्नति र औद्योगिक क्रान्ती गर्न विराट महायज्ञ

काठमाडौं । स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवं औद्योगिक क्रान्तिका ल्याउन महायज्ञ शुभारम्भ भएको छ । परम् पूज्य अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी श्रीप्रखर  महाराजको सान्निध्यमा तथा मारवाड़ी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा प्रथम पटक आयोजित श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञको शुभारम्भ गरेका हुन् ।

फागुन २७ गतेबाट शुरु भएको यस महायज्ञको निरन्तरता स्वरूप परम पूज्य स्वामी श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा आज वैशाख १० गते अक्षय तृतीयाका दिन सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा तथा माननीय उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठको विशिष्ट आतिथ्यता र माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीको विशेष आतिथ्यतामा समुद्घाटन भएको छ ।

श्रीअयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञ आयोजक समिति एवम् मारवाडी सेवा समिति नेपालका अध्यक्ष कैलाशचन्द्र गोयलको सभापतित्वमा भएको समुदघाटन कार्यक्रममा अध्यक्षले उपस्थित सम्पूर्ण महानुभावहरूको स्वागत गर्दैै महायज्ञमा तीन सयभन्दा धेरै विद्वान् ब्राह्मणहरुको सहभागिता रहने छ ।

कर्मनिष्ठ विद्वान् ब्राह्मणहरूद्वारा यज्ञ अवधिभरिमा १० हजार श्रीदुर्गासप्तशती पाठ र ४० हजार श्रीगणपति अथर्वशीर्ष पाठ गरिने, १००० श्रीदुर्गासप्तशती पाठ तथा ४००० श्रीगणपति अथर्वशीर्ष पाठद्वारा एक सय (१००) कुण्डमा दशांश हवन, तर्पण, मार्जन गरिने, प्रतिदिन प्रत्येक कुण्डमा एक यजमान दम्पति गरी एक सय यजमान दम्पतिको सहभागिता रहने र महायज्ञमा जम्मा एक करोड दशलाख दुर्गासप्तशती मन्त्र र एक लाख त्रिचालीस हजार श्रीगणेश मन्त्रको प्रयोग हुने बताए ।

परम पूज्य स्वामी श्रीप्रखरजी महाराजको सत्सङ्कल्पमा माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीज्यूको उपस्थितिमा मिति २०७९ साल फाल्गुण महिनाको २७ गते भूमिपूजन एवं मण्डप निर्माण, गौरीगणेश पूजन, प्रधान सङ्कल्पपूर्वक आभ्युदयिक श्राद्ध, नवग्रहपूजा, मातृका पूजासहित शुभारम्भ भई फागुन २८ गते पञ्चमी तिथीबाट प्रतिदिन श्री दुर्गासप्तशती, श्री गणेश अथर्वशीर्ष, श्रीसूक्त आदिको नित्य निरन्तर पाठ पारायण भइरहेको जानकारी गराए ।

सो कार्यक्रममा वास्तुविद एवं यजमानहरुका प्रमुख डा.वासुदेवकृष्ण शास्त्रीले यज्ञको विशेषता बारे प्रकाश पारेका थिए

नेपाल नेपालीप्रति अगाध माया गर्नु हुने सुशिल कोईराला श्रीप्रखर क्यान्सर अस्पतालका निर्माता परम पूज्य स्वामी श्रीप्रखरजी महाराजले आर्शिवचन प्रदान गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, विशिष्ट अतिथि माननीय उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र विशेष अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले सम्बोधन गरे ।

मारवाडी सेवा समिति नेपालको तत्वावधानमा नेपालमा प्रथम पटक आयोजना भएको अयुतचण्डी एवं श्रीमहागणपति विराट महायज्ञको प्रशंसा गर्नु भई देशको आर्थिक, व्यवसायिक एवं औद्योगिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको मारवाडी समाजको संस्थाबाट भएको यस कार्यबाट देशको पर्यटन, धर्म संस्कृतिको संरक्षण एवं विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स