बिदेश भ्रमणमा रहेका मोदीले नेपाललाई पनि समय छुट्याए

काठमाडौं । बुद्ध पूणिर्मामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने २ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूणिर्माको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी जेठको २ गते भन्दा अगाडि नेपाल भ्रमणमा जाने योजना सरकारले बनाइरहेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ ।

‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।’मोदी बुद्ध पूणिर्माको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना छ ।

एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसैले मोदीको नेपाल भ्रमणको क्रममा द्विपक्षीय कुराकानी नहुने हिन्दूको समाचारमा उल्लेख छ ।भारतीय प्रधानमन्त्री मोदी अहिले युरोपको भ्रमणमा छन् । नेपाल भ्रमणपछि उनी जापानको भ्रमणमा जाने कार्यतालिका छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स