काठमाडौं । आजदेखि काठमाडौं लगायतका स्थान बादलले ढकेको छ । यो वर्ष हिउँदे वर्ष नभएकोले पानी पर्ने आँकलन पनि मानिसहरु गरिरहेका छन् ।
तर मौसम विभागका अनुसार भने आज हैन बरु भोलि राति देखि हिउँ भने पर्ने संभावना देखिएको छ ।
बुधबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।
माघ १७ गते दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आन्शिक बदली रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।
राती कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आन्शिक बदली रहने विभागले बताएको छ । तर पानी पर्ने संभावना नदेखिएको जनाएको छ ।