यसरी मनाइयो छठ, ब्रतालुले दिए अस्ताउँदो सूर्यलाई अर्घ्य

काठमाडौं । देशभार आज छठपर्व मनाइएको छ ।
दिए दिनभर वर्त बसेर पोखरी तथा तलाउनमा अस्ताउँदो सूर्यलाई आराधाना गरी अर्घ्य दिँदै ब्रतालु छठपर्व मनाएका हुन् ।विशेष गरि तराई भेगमा मनाइदै आएको यो पर्व अहिले देश भर मनाइन थालिएको छ ।

अर्घ्य दिँदै ब्रतालु
धनुषाधाम, २२ कात्तिकः धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ कुम्हरौलस्थित थान पोखरीमा अस्ताउँदो सूर्यलाई आराधाना गरी अर्घ्य दिँदै ब्रतालु ।
अर्घ्य दिँदै ब्रतालु भक्तजन
राजविराज, २२ कात्तिकः छठ पर्वको अवसरमा सप्तरीको राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरीमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालु भक्तजन । लोकआस्थाको महापर्व छठपूजा तराई मधेससहित मुलुकभर आज मनाउँदैछ।
राजविराज, २२ कात्तिकः
छठ पर्वको अवसरमा सप्तरीको राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरीमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै ब्रतालु भक्तजन । लोकआस्थाको महापर्व छठपूजा तराई मधेससहित मुलुकभर आज मनाउँदैछ।
छठ पर्वमा सहभागी उपाध्यक्ष भुसाल
काठमाडौँ २२ कात्तिकः नेकपा माओवादी केन्द्र पाटीका उपाध्यक्ष पम्फा भुसाल ललितपुरको सानेपाका राममन्दिरस्थित बागमती नदी किनारमा छठ पर्व मनाउन सहभागी हुँदै ।
घडीअर्वामा छठको अर्घ्य
वीरगञ्ज, (पर्सा) २२ कात्तिकः छठ पर्वका दिन वीरगञ्जको घडीअर्वा पोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै महिला भक्तजन ।
छठ पूजाको तयारी
दमौली (तनहुँ), २२ कात्तिकः तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा बिहीबार सॉझ छठ पूजाको तयारी गर्दै भक्तजन ।

छठ घाट स्थल जादै
सुन्दरहरैँचा, २२ कात्तिक
माेरङकाे सुन्दरहरैँचा नगरपालिका ८ स्थित भुल्के जलाधार परिसरमा छठ पूजाका लागि अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घाट तर्फ जादै श्रद्वालु भक्तजन ।
तस्बिरहरु  :  रासस

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स