संस्थापक सेयरलाई साधारणमा बदल्न किन नपाएको होला ?

अन्तर्राष्ट्रिय प्रचलन अनुसार संस्थापक सेयर खरिद गरेको ३ वर्षसम्मको ‘लकिङ पिरियड’ हुन्छ । यो विश्वभर नै चलेको मान्यता हो । त्यसपछि संस्थापक सेयरधनीलाई संस्थापक नभनि ३० प्रतिशत भन्दा बढी सेयर कायम रहेका सेयरधनीहरुलाई ‘कन्ट्रोलिङ स्टेप’ भन्ने गरिन्छ । यस्तो सेयर फिर्ता गर्नु पर्दा सम्वन्धित निकायबाट स्वीकृत लिनु पर्ने प्रावधान रहेको छ ।

नेपालमा पनि संस्थापक सेयरलाई साधारण सेयर सरह कायम गर्न पाउनु पर्छ भन्ने माग संस्थापक सेयरधनीहरुले गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐनमा संस्थापक सेयरलाई साधारण सेयर सरह कायम गर्न केही व्यवस्था गरिएको छ । हालसम्म पनि उक्त व्यवस्थाको कार्यान्वयन नभएको हुँदा कार्यान्वयन कसरी हुन्छ, त्यसपछि भन्न सकिएला ।

नेपालका नियमनकारी निकायहरुमा यदि संस्थापक समूह रहेन भने कम्पनीलाई कसले संचालन गर्छ, कसले नियन्त्रण गर्छ, कसले रेखदेख गर्छ र सर्वसाधारणको लगानीको संरक्षण कसरी हुन्छ भन्ने सोच रहेको देखिन्छ ।

त्यसैले अहिलेसम्म संस्थापक समूह निरन्तर नै रही रहने गरेको छ । नियमनकारी निकायहरुले संस्थापकहरुलाई संस्थापक सेयर धितो राखेर ऋण लिन बन्देज नलगाउने, किनबेच गर्न बन्देज लगाउने र मूल्यमा पनि फरक पर्न नदिनु पर्ने हो । यो हुन सकेमा संस्थापक समूहको सोचाइमा परिवर्तन ल्याउन सकिन्छ ।

संस्थापक सेयर सिधैं खरिदबिक्री नभएर किन लिलामी हुन्छ ?

बजारमा संस्थापक सेयर सजिलै खरिदबिक्री हुँदैन । राष्ट्र बैंक, बीमा समिति जस्ता नियमनकारी निकायहरुले प्रक्रिय तोकिदिएको छ । त्यो प्रक्रिया पूरा गर्न व्यक्तिलाई झन्झटिलो हुने भएकाले मर्चेन्ट बैंकिङहरुको सम्र्पक आउँछन् । मर्चेन्ट बैंकिङहरुले सम्वन्धित कम्पनीसँग सम्र्पक गरी नियमनकारी निकायहरुको नियमहरु पूरा गराएर खरिदबिक्री गराइ दिने गरेका छन् ।

संस्थापक सेयर खरिद गर्नका लागि को को सहभागी हुन पाउँछन् ?

संस्थापकहरुले आफ्नो हिंस्साको सेयर बेच्न चाहेमा सर्वप्रथम पहिलो प्राथमिकता संस्थापकहरुले नै किन्न पाउनु पर्छ भन्नेछ । किन पाउने भन्दा संस्थापकहरु पहिलाहरूले सेयर किन्दा संस्थामा सुशासन पनि अझ मजबुद बन्छ भन्ने हो । बाहिर बिक्रीगर्दा विभिन्न प्रक्रिया पुर्याउनु पर्ने हुन्छ ।

जसले बेच्नु पर्नेछ, उनीहरुको पक्षबाट हेर्ने हो भने त्यो त अप्ठ्यारो छ । त्यसैले संस्थापकहरुको नै मिलेर कम्पनीबाट निर्णय गरेर किन्ने गरिन्छ । तर अब त्यस्तो हुन सकेन भने उनीहरु मर्चेन्ट बैंकिङहरुको सम्र्पकमा आउँछन् ।

सबभन्दा पहिला मर्चेट बैंकरहरुले सम्वन्धित कम्पनीको संचालक समितिबाट निर्णय गराउँछन् । बेच्न चाहने संस्थापक सेयरधनीहरूको सेयर कित्ता संख्या र प्रति कित्ता सेयरको न्यूनतम सेयर मूल्य राखी ३५ दिन म्याद राखेर सर्वजनिक सूचना जारी गरिन्छ । उक्त म्यादभित्रै आफूले खरिद गर्न चाहेको सेयरको जम्मा संख्या र प्रति कित्ता सेयरको मूल्य राखी गोप्य जोसुकैले पनि आवेदन दिन सक्नेछन । यसरी आवेदन दिनेहरुमा पनि पहिलो प्राथमिकता संस्थापकहरुलाई नै दिनु पर्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स