बुक बिल्डिङ प्रक्रियाबाट सार्वजनिक निष्कासन गर्ने भयो बेला

धितोपत्र बजारका बिभिन्न आयामहरूलाई समयसापेक्ष बनाउने र बजारलाई आधुनिकीकरण तथा अटोमेसन गर्दै लगिएको सन्र्दभमा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत आत्मसाथ गर्दै, अब नेपालमा समेत बुक बिल्डिङ बिधिबाट सार्वजनिक निष्काशन गर्नु पर्ने आवश्यक्ता महसुस गरी नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ निर्देशिका, २०७७ जारी गरे पश्चात यो सुरु हुन लागेको हो ।

यो कार्यान्वयन आउन ढिला भएको भन्दा पनि, अब चाहिँ बेला भयो कि भन्ने हो । एक प्रकारले भन्ने हो भने सार्वजनिक निष्काशन भनेको नै १०० रुपैंयामा नै हुन्छ भन्ने बुझाइ आम जनमानसमा रहनु र निति नियमहरू समेत सो अनुरुप नहुनु तथा केही प्राविधिक पक्षहरुमा समेत थप स्पष्टता नभएका कारण केही ढिला भएकोे हो ।

अब कतिपय रियल सेक्टर तथा प्रविधिमा आधारित कम्पनीहरूलाई समेत धितोपत्र बजार तर्फ आर्कषित गर्न समेत बुक बिल्डिङ बिधि कार्यान्वयनमा ल्याउनै पर्ने देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स