के ल्यायौ त मन्दिरबाट

के ल्यायौ त मन्दिरबाट तिम्ले पुज्या थालीभरि

पक्कै पनि आयौ होला दोष मैलो फालीवरि

मन शुद्ध चित्त शुद्ध देवतालाई भेटेपछि

संसार सुन्दर यसै बन्छ मनमैलो मेटेपछि।।

 

मूर्ति पनि भगवान् नै हो तिमी आफै देउता

दया माया परोपकारको खानी पो हौ एउटा

पाप कहिल्यै सोच्नुहुन्न ईश्वर साक्षी राखेपछि

सद्‍गुण मात्र देखिन्छ नि दुर्गुण सबै ढाकेपछि।।

के ल्यायौ त मन्दिरबाट……..

 

मूर्तिभित्र मन त हुन्न तिमीभित्र मन छ

दीन दु:खीको सेवाभन्दा पुण्य अरू कुन छ

सुकर्ममै भगवान् छन् पर्दैन नि धाउन

सत्कर्ममा लाग्नुपर्छ ईश्वरलाई पाउन।।

के ल्यायौ त मन्दिरबाट……..

 

प्रतिक्रिया

हेडलाइन्स