दुई करोड १४ लाख राजस्व संकलन

कुनौली (सप्तरी) । राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड बढी राजस्व संकलन गरेको छ ।

सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व संकलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।

सवारीसाधन करबाट एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत २५ लाख ४३ हजार एक सय ८५ राजस्व संकलन भएको छ ।

सवारी चालक अनुमतिपत्र बापत ९१ लाख ९१ हजार पाँच सय राजस्व संकलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व संकलन भएको थियोभने २०७९/८० मा सात करोड ५६ लाख २५ हजार चार सय ७५ संकलन भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स