काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साउन र भदौ महिनामा १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । सो राजस्वमध्ये १ खर्ब ४५ अर्ब १९ करोड कर राजस्व हो भने २१ अर्ब १९ करोड गैर कर राजस्व हो । अन्य रिसिप्टबाट सरकारले ३ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
साउन भदौ महिनामा भन्सार विभागले ४० अर्ब ३ करोड ४५ लाख राजस्व संकलन गरेको छ । विभागले गत वर्ष २०८०÷०८१ को भदौ महिनाको तुलनामा १४.१२ प्रतिशतले राजस्व बढाएको हो ।
गतवर्षको भदौमा विभागले ३५ अर्ब ८ करोड ८ करोड राजस्व असुली गरेको थियो । भदौ महिनामा विभागले ५० अर्ब ३७ करोड रुपैयाँ असुल गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा ७९.४७ प्रतिशत प्रगति गरेको हो ।
चालु वर्षको साउन महिनामा ३४ अर्ब ४२ करोड राजस्व संकलन गरेको थियो । तर लक्ष्य भने ४५ अर्ब ३६ करोड लिएको थियो । साउन महिनामा लक्ष्यको तुलनामा ७६.७६ प्रतिशत प्रगति भएको थियो ।
विभागले साउन र भदौ महिनामा ७४ अर्ब ८५ करोड ५८ लाख राजस्व संकलन गरेको छ । यो अवधिमा विभागले ९५ अर्ब ७४ करोड २ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । कुल लक्ष्यको तुलनामा विभागले ७८.१९ प्रतिशत प्रगति गरेको छ ।
त्यसैगरी आन्तरिक राजस्व विभागले भन्सार विभागले भदौ महिनामा ४० अर्ब ३ करोड ४५ लाख राजस्व संकलन गरेको छ । विभागले गत वर्ष २०८०÷०८१ को भदौ महिनाको तुलनामा १४.१२ प्रतिशतले राजस्व बढाएको हो ।
गतवर्षको भदौमा विभागले ३५ अर्ब ८ करोड ८ करोड राजस्व असुल गरेको थियो । भदौ महिनामा विभागले ५० अर्ब ३७ करोड रुपैयाँ असुल गर्ने लक्ष्य लिएको थियो ।
लक्ष्यको तुलनामा ७९.४७ प्रतिशत प्रगति गरेको हो । चालु वर्षको साउन महिनामा ३४ अर्ब ४२ करोड राजस्व संकलन गरेको थियो । तर लक्ष्य भने ४५ अर्ब ३६ करोड लिएको थियो । साउन महिनामा लक्ष्यको तुलनामा ७६.७६ प्रतिशत प्रगति भएको थियो ।
विभागले साउन र भदौ महिनामा ७४ अर्ब ८५ करोड ५८ लाख राजस्व संकलन गरेको छ । यो अवधिमा विभागले ९५ अर्ब ७४ करोड २ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । कुल लक्ष्यको तुलनामा विभागले ७८.१९ प्रतिशत प्रगति गरेको छ ।