पर्साका संघीय कार्यालयको पुँजीगत खर्च एक अर्ब ८६ करोड ८६ लाख

काठमाडौं । संघीय सरकारमातहत रहेका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ८६ करोड ८६ लाख ९९ हजार दुई सय १७ रुपैंयाँ पुँजीगत खर्च गरेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार पर्सामा रहेका ५१ कार्यालयले गत आवमा कुल पुँजीगत बजेटमध्ये ७३ दशमलव ५० प्रतिशत खर्च गरेका छन् । पर्सा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक यज्ञराज उप्रेतीले गत आवको असारमा मात्र संघीय सरकार मातहतका ५१ कार्यालयले ४२ करोड ९८ लाख ७१ हजार एक सय ७० रुपैंयाँ पुँजी खर्च गरेको जानकारी दिए ।

‘पर्साका सरकारी कार्यालयको समग्रमा पुँजीगत खर्च सन्तोषजनक नै देखिन्छ’, उनले भने । ती कार्यालयका लागि गत आवमा चालु खर्चतर्फ १० अर्ब ५९ करोड ४५ लाख ५० हजार तीन सय ६१ रुपैंयाँ बजेट विनियोजन गरेको थियो ।

गत आवमा चालुतर्फ विनियोजित रकममध्ये ९५ दशमलव ४५ प्र्रतिशत अर्थात् १० अर्ब १२ करोड १६ लाख ६९ हजार चार सय ८६ रुपैंयाँ खर्च भएको छ । कार्यालयका अनुसार गत आवको असारमा मात्र यहाँका सरकारी कार्यालयले चालु खर्चतर्फ एक अर्ब ३० करोड छ लाख दुई हजार सात सय आठ रुपैंयाँ खर्च गरेका छन् ।

एकाउन्न सरकारी कार्यालयले गत आवमा पुँजीगत र चालुतर्फ दुवै गरेर ११ अर्ब ९९ करोड तीन लाख ६८ हजार सात सय तीन रुपैंयाँ खर्च गरेका छन् । आव २०७९/८० मा पर्साका सरकारी कार्यालयका लागि १४ अर्ब १५ करोड ३७ लाख आठ हजार तीन सय ८७ रुपैंयाँ खर्च भएको थियो । जसमध्ये चालु खर्चतर्फ १० अर्ब ५८ करोड ५३ लाख ३४ हजार एक सय ६८ रुपैंयाँ खर्च भयो । आव २०७९र८० मा सरकारी कार्यालयले पुँजीगततर्फ तीन अर्ब ५६ करोड ८३ लाख ७४ हजार दुई सय १९ रुपैंयाँ खर्च गरेका थिए ।

प्रमुख कोष नियन्त्रक उप्रेतीले जिल्ला सरकारी कार्यालयले गत आव २०८०/८१ मा दुई खर्ब सात अर्ब १२ करोड ९३ लाख ९५ हजार छ सय २५ रुपैंयाँ राजस्व सङ्कलन गर्न सफल भएको बताए । उनले भने, ‘पर्सा जिल्लाका सरकारी कार्यालयले अघिल्लो आवभन्दा गत आवमा रु छ अर्बभन्दा धेरै राजस्व सङ्कलन गरेका छन्।’ कार्यालयले आव २०७९/८० मा दुई खर्ब एक अर्ब ३९ करोड ८१ लाख १० हजार आठ सय ४२ राजस्व सङ्कलन गरेका थिए । नियन्त्रक उप्रेतीले अघिल्लो आवभन्दा अर्थतन्त्रका सूचकमा सुधार आएकाले पनि राजस्व सङ्कलनमा वृद्धि भएको बताए ।

यो पनि पढ्नुहोस्

आयात घट्दा वीरगञ्जको राजस्व खस्कियो, ७ अर्बमा सीमित

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स