काठमाडौं । सरकारले आर्थिक विधेयकमार्फत आधारभूत कृषि उत्पादनहरूमा कर छुट दिएको छ । सरकारले आर्थिक विधेयक २०८१ मा कृषि उपजदेखि औपधी तथा औद्योगिक जन्य वस्तुमा समेत छुट दिएको हो ।
सरकारले आज जारी गरेको आर्थिक विधेयकमा आलु ताजा वा चिसो पारेको, गोलभेँडा, बन्दाकोबी, फूलकोबी, ग्याँठकोवीलगायत विभिन्न साग सब्जीमा भन्सार महसुल छुट दिएको हो । प्याज, छ्यापी, लसुन, डुण्डु र यस्तै जातिका अन्य वनस्पतिहरू, ताजा र चिस्याइएका, केल वा खान हुने सबै कोवी जातिका अन्य वनस्पतिहरू, ताजा वा चिस्याइएका वस्तुमा पनि कर नलाग्ने भएको छ ।
विभिन्न जातका साग सब्जी, सलाद बनाउने गाँजर, सलगम, चुकन्दर, सलफिफी, सेलेयिक, मूलालगायतका वस्तुमा पनि कर लाग्दैन । काँग्रोहरू र ककडीहरू, कोसे वनस्पती, सुख्खा वनस्पती (दलहन) पनि कर नलाग्ने भएको छ ।
खजुर, अञ्जिर, भुईकटहर, आभोकाडो, अम्बा, आँप, अंगुर, तरबुजा, मेवा , स्याउ नासपाती र क्विन्स, सिष्टरजातका फल ताजा र सुकेका दुबैमा कर लाग्दैन । चिया, जाइफल, जाइपत्री, अलैंची, सुकमेलमहरू, बदाम (मुमफली) कर लाग्दैन ।
कोदालो, साभेल, गैती, पिक, चाँदे, काँटा, दाँते, बन्चरो, बोट, खुर्पालगायतका औजार पनि कर छुटको व्यवस्था गरेको छ ।
निस्क्रिय पारेका, उम्रन लागेका, फूलका गाना, गाँठा, गाँठेजरा, भनकन्द (कोर्द) हरू, मूल जरा सहितका जरालगायका कर छुट दिएको छ । जीवित विरुवाहरू तथा मसरुम, त्यस्तै रोप्ने लागि प्रयोग हुने बिउहरू फलहरू जिवाणुहरू, सुगन्धित बनाउने औषधि बनाउन वा कीटनाशक, ढुसीनाशक वस्तुमा कर नलाग्ने व्यवस्था सरकारले गरेको छ ।
खाद्यान्न वा खाद्यान्न उत्पादनहरू फुलाएर वा भुटेर, मानिसले खान नहुने मासु, भटमास तथा बदामको तेल निकाल्दा निष्कने पिना, सटपाट वा जुट, भान्छामा प्रयोग हुने नुन, जीवित भेडा वा बाख्राहरू, सुँगुर वा चौपाया , भेडा बाख्राको मासु पनि कर नलाग्ने व्यवस्था सरकारले गरेको छ ।
१० केजीभन्दा सानो प्याकको विभिन्न रासायनिक मल, डोरी लकाली माछा मार्ने जालहरूमा पनि कर नलाग्ने भएको छ ।
औषधी उपचार तथा स्वास्थ्य सेवाहरूको, मानव रक्त, हाडजोर्नीको उपकरण, वैशाखी, शल्यक्रिया सम्बन्धी पेटी र गद्दादार पेटी, सिट आसन, एकोहोरो पाता नभएको मुद्रित कितावहरू, औद्योगिक प्रयोगशाला पर्नेश र ओभनहरू जलाएतका वस्तुमा पनि कर छुट दिएको छ ।